आज मंगलबार, ११ मंसिर २०८१ (२६ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : शुभ र नयाँ कार्यको योजना बन्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। लामो समयदेखिका बाधा स्वत: फुकुवा हुनेछन्।
भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ।
भाग्यशाली रङ हरियो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मिथुन : रोकिएका काम पूरा हुनेछन्। अपजस आउन सक्ने भएकाले सजग रहनुहोला। परिवारमा झैझमेलाको अवस्था सृजना होला। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ। अतः बढी सजग रहनु उचित हुन्छ। मन्दिरको दर्शन हुन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।
कर्कट : मङ्गल कार्यको योजना बन्नेछ। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।
भाग्यशाली रङ कालो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ५१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अशक्तलाई नहेप्ने।
सिंह : लाभहानि बराबरी हुनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। बिर्सिसकेको साथीसँग भेट हुन सक्छ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अशक्तलाई सहयोग गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।
कन्या : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्क रहनु होला। मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ। शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सामान हराउने वा चोरी हुने भय छ। बन्न लागेको काम बिग्रनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा बाधा र उल्झन आउला।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। राज्यबाट सहयोग पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ कालो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।
धनु : धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ। प्रणय प्रसङ्गका लागि समय राम्रो छ। सेयरबजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। जो पायो त्यहीलाई विश्वास नगर्ने।
मकर : नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता पाउनु हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यमा सहभागी भइनेछ। पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
कुम्भ : सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन। विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला। साँझमा लाभदायक यात्रा हुन सक्छ। सुखदुःख बराबरी रहनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
मीन : बलले भन्दा सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ। प्रतिष्ठा कमाउने बेला छ। धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।
भाग्यशाली रङ निलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूको कुभलो नचिताउने।
Shares

प्रतिक्रिया