समाज


सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १७:३५, काठमाडौँ

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताए। 

सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना  र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताए। 


‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन,’ उनले भने, ‘एउटा पनि काम भएको छैन। यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रुपमा मात्रै सञ्चालन भइरहेको छ त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन्।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रुपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा केसीले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad