समाज


थप ४ दिन हिरासतमा राख्न म्याद लिएर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

थप ४ दिन हिरासतमा राख्न म्याद लिएर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १८:१३, काठमाडौँ

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि तेस्रो पटक दिएको ४ दिनको म्याद सोमबार सकिएपछि उनलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइएको थियो। अदालतले चौथो पटक पनि ४ दिनको म्याद दिएको हो। यसअघि पहिलो र दोस्रो पटक ५/५ दिन म्याद थप गरिएको थियो।

अदालतबाट म्यणद लिएर प्रहरीले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको छ। प्रसाईंलाई ५ दिन अघि उक्त अस्पतालमा भर्ना गरिएको थियो। त्यसअघि नै उनको बयान सकिएको छ।

प्रसाईंविरुद्ध विद्युतीय अपराधको कसुरमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै बिबादित अभिव्यक्ति र कीर्ते कागजात सार्वजनिक गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रसाईंले बयानका क्रममा आफूले नचिनेको मान्छेबाट ती कागजात लिएको बताएका छन्। ती कागजात कसरी तयार भए भन्ने उनले आफूलाई थाहा नभएको बयान दिएका छन्।

प्रसाईंले सार्वजनिक गरेका कागजात र प्रसाईंका मोवाइल लगायतका उपकरण परीक्षणका लागि ल्याबमा पठाइएको छ। रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै विभिन्न निकायमा गरेको पत्राचारको जवाफ पनि आइनसकेको भन्दै प्रहरीले थप हिरासतमा राख्न अनुमति माग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad