समाज


चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १३:३९, काठमाडौँ

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई चितवन लगेर बयान गराइरहँदा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा नै ढुंगामुडा गरेपछि बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम केसीले बताए। 

रास्वपाका कार्यकर्ताले ढुंगा हान्दा केही प्रहरी घाइते भएको र प्रहरी कार्यालयको किचनको झ्यालको सीसा फुटेको उनले बताए। 

प्रहरीले रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। अहिले उनीहरु केही पछि हटेका छन्। सुरुमा प्रहरीले तोकेको क्षेत्रभन्दा अगाडि बढेर आक्रमण गर्न थालेपछि सामान्य बल प्रयोग गर्नु परेको एसपी गौतमले बताए। 

यता रवि लामिछानेको भने मंगलबारदेखि नै जिल्ला सरकारी वकिल कार्यालयमा बयान चलिरहेको छ। बुधबार पनि बिहानैदेखि उनको बयान जारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad