समाज


जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १३:५८, काठमाडौँ

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

भेरी नगरपालिका १० नुवागाउँस्थित सडकमा कार्कीगाउँबाट कुदुतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२ च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर बुधबार राति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा जिप चालक कैलाली घर भएका २५ वर्षीय मनोज केसी र जिपमा सवार जुम्ला घर भएका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको नर्सिङ होम नेपालगन्जमा उपचार भइरहको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad