समाज


अपडेट: ग्यास बुलेट खसेको त्रिशूली किनारमा चालक भेटिएनन्, खोजी गर्दै प्रहरी

अपडेट: ग्यास बुलेट खसेको त्रिशूली किनारमा चालक भेटिएनन्, खोजी गर्दै प्रहरी

ग्यास बुलेट दुर्घटनामा परेकाे स्थान


नेपालखबर
मंसिर २३, २०८१ आइतबार १०:४४, काठमाडौँ

पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। 

श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो। 

दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बुलेटमा सहचालक  थिए कि थिएनन् खुलेकाे छैन।

ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बुलेटका चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए। 

सडकबाट तल खसेको बुलेटको अगाडिको भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ। ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad