समाज


सस्तोमा डलर दिने भन्दै साढे ६ लाख ठगी, २ जना पक्राउ

सस्तोमा डलर दिने भन्दै साढे ६ लाख ठगी, २ जना पक्राउ

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार २०:२४, काठमाडौँ

प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६, गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरूमाथि ओखलढुंगा, लिखु गाउँपालिका–९, पोकली घर भएकी ४१ वर्षीया महिलालाई अमेरिकी डलर सटही दरभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाएर ६ लाख ५० हजार ठगी गरेको आरोप छ। ती महिलालाई भक्तपुर, चाँगुनारायण नगरपालिका–४ को एकान्त ठाउँमा मंसिर १३ गते बोलाएर उक्त रकम ठगेको पीडितको भनाइ छ।

उनीहरूको साथबाट प्रहरीले एउटा स्कुटर र चारवटा मोबाइल बरामद गरी अनुसन्धान गरिएको र थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad