समाज


कञ्चनपुरमा फेला पर्‍यो सुँगुर र मृगलाईसमेत आहारा बनाउनसक्ने अजिंगर

कञ्चनपुरमा फेला पर्‍यो सुँगुर र मृगलाईसमेत आहारा बनाउनसक्ने अजिंगर

कञ्चनपुरको बेलौरी नगरपालिका-४ शान्तिपुरको उखुबारीमा फेला परेको बर्मी जातको ३० किलोको वयस्क अजिंगर। तस्बिर: रासस


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १०:५९, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ।

कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो। 

उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए। वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका-५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।

यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछन। 

यो प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ। समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने विज्ञहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad