समाज


राशिफल ८ पुस : मिथुनको पदोन्नति हुने, मकरले झुटा आरोप खेप्नुपर्ने, तपाईँको के?

राशिफल ८ पुस : मिथुनको पदोन्नति हुने, मकरले झुटा आरोप खेप्नुपर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
पुस ८, २०८१ सोमबार ४:३३, काठमाडौँ

आज सोमबार, ८ पुस २०८१ (२३ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पारिवारिक सद्भाव बढेर जानेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

वृष : आहारविहारमा विशेष सावधानी अपनाउनु होला। आफूलाई महत्त्वहीन लागेको काममा समय नबिताएकै राम्रो। नयाँ योजना बनाएर मात्र काम गर्नु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा३९ , सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। पहेँलो रङको प्रयोग नगर्ने।

मिथुन : पदोन्नतिको सम्भावना छ। नयाँ कामका विभिन्न अवसर पनि फेला पर्नेछन्। लगनशीलताले कामहरू अगाडि बढ्लान्। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६३, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार विहारको भने ख्याल गर्नुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई होच्याउने काम नगर्ने।

कन्या : स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। सानो हेलचेक्य्राइँले काममा उल्टो परिणाम निस्कन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकका मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

तुला : समाजसेवा तथा दानपुण्य जस्ता कार्यमा मन लाग्नेछ। कतै भोजभतेरमा सहभागी भइएला। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक : आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।  बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। सामाजिक क्षेत्रमा चर्चा चुलिनेछ। घरमा अतिथिको आगमन होला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। पढाइलेखाइमा बाधा आउनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु पर्छ। यात्रामा मालसामान हराउन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कुम्भ : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। घरपरिवारबाट सहयोग यथेष्ट हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्न सक्छ। रमणीय र सुखद् यात्राको योग छ। कसैकसैका लागि सन्तान प्राप्ति होला। प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : पुनर्मिलनको योग छ। व्यापार व्यवसायबाट फाइदा होला। बन्धुबान्धवले मन खोलेर सहयोग गर्नेछन्। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad