समाज


मदिरा सेवनबाट मृत्यु भएका १४ जनाका परिवारलाई सांसद महतोले दिए जनही १० हजार

मदिरा सेवनबाट मृत्यु भएका १४ जनाका परिवारलाई सांसद महतोले दिए जनही १० हजार

शैलेन्द्र महतो
चैत ५, २०७६ बुधबार ८:०,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद सत्रुधन महतोले धनुषामा मदिरा सेवनबाट मृत्यु भएका १४ जनाको परिवारलाई राहत प्रदान गरेका छन्।

धनुषाको क्षरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ मदैयामा घरेलु विषाक्त मदिरा सेवनबाट मृत्यु भएका १४ जनाको परिवारलाई सांसद महतोले नगद १० हजार रुपैयाँको दरले राहत प्रदान गरेका हुन्।

मंगलबार बिहान रमदैया बस्तीमा पीडितहरुको घर घरमै पुगेर सांसद महतोले संवेदना प्रकट गर्दै राहत स्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरेका हुन्। राहत वितरण गर्न नेकपाकी प्रदेश सांसद शारदा थापा समेत पुगेकी थिइन्।

धनुषामा मदिरा सेवनबाट २१ जनाको मृत्यु भएपछि गएको आइतबार प्रदेशसभा बैठकमा सांसद महतोले प्रदेश २ लाई मदिरा मुक्त बनाउनु पर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad