बुुधबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ संक्रमितको संख्या १४७ पुगेको हो। तीमध्ये १२२ भारतीय नागरिक हुन् भने २५ जना विदेशी पर्यटक हुन्।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ४० हजारालई क्वारेन्टाइनमा राखिएको पनि मन्त्रालयले जनाएको छ।
कोरोना प्रभावित देशबाट फर्किएका, कोरोनाको लक्षण देखिएका र संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका हजारौं मानिसहरुलाई यतिबेला चिकित्सकको निगरानीमा राखिएको हो।
कोरोनाका कारण हालसम्मा भारतमा ३ जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोनाबाट सबैभन्दा बढी ग्रस्त भएको राज्य महाराष्ट्र हो। त्यहाँ ४१ जना संक्रमित छन्।
उक्त राज्यका १६ सय मानिसलाई यतिबेला राज्यका स्वास्थ्य अधिकारीले निगरानीमा राखेका छन्।
विश्वभर कोरोनाको संक्रमण १ सय ६६ देशमा फैलिसकेको छ। करिब २ लाख मानिस कोरोनाले बिरामी पर्दा झन्डै ८ हजार मानिसको ज्यान गइसकेको छ। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया