आज पुस १५ अर्थात् गुरुङ समुदायको विशेष चाड तमु ल्होसार मनाउने दिन।
संघीय राजधानी काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाइरहेको छ। पारम्परिक पोसाकमा सजिएर उनीहरु टुँडिखेलमा भेला भएका छन्।
ल्होसार भनेको नयाँ वर्ष हो। तमु भनेको गुरुङ समुदायलाई जनाउने अर्को नाम हो। आजको दिनलाई उनीहरुले नयाँ सम्वत् सुरु भएको रुपमा मनाउने गरेका छन्। प्राचीन तमु प्यो शास्त्रअनुसार यस दिन पहिलो महापुरुषको उत्पत्ति भएको मानिन्छ।
अघिल्लो साँझदेखि नै उनीहरु साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउँछन्।
हेर्नुहोस् तमु ल्होसारको रौनक
























129
Shares

प्रतिक्रिया