समाज


नेमकिपाको नाममा चन्दा असुल्ने भक्तपुरबाट पक्राउ

नेमकिपाको नाममा चन्दा असुल्ने भक्तपुरबाट पक्राउ

नेपालखबर
चैत ६, २०७६ बिहिबार १:४५,

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका-५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटी पक्राउ परेका हुन्।

उनलाई बुधबार पक्राउ गरिएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad