समाज


भारतमा कोरोना आशंकामा अस्पताल भर्ना भएका युवकले गरे हामफालेर आत्महत्या

भारतमा कोरोना आशंकामा अस्पताल भर्ना भएका युवकले गरे हामफालेर आत्महत्या

नेपालखबर
चैत ६, २०७६ बिहिबार ४:३६,

भारतमा कोरोना संक्रमणको आशंका भएका एक व्यक्तिले आत्महत्या गरेका छन्।

भारतीय प्रहरीका अनुसार राजधानी दिल्लीस्थित सफदरगन्ज अस्पतालको आइसोलेसन वार्डमा राखिएका एक बिरामीले बुधबार राति हामफालेर आत्महत्या गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति ९ बजेतिर अस्पताल भर्ना गरिएका २३ वर्षीय युवकले अस्पतालको सातौं तलबाट हामफालेका हुन्।

एक वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बसेका ती युवक एयर इन्डियाको फ्लाइटबा दिल्ली आइपुगेका थिए।

उनी पन्जाबको नागपुरस्थित घर हिँडेका उनको टाउको दुखेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएको थियो।

त्यहाँबाट उनलाई कोरोना आशंकामा सफदरगन्ज अस्पताल पठाइएको थियो।

बुधबार राति त्यही अस्पतालकाे साताैँ तलाबाट हामफालेर उनले आत्महत्या गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .