समाज


पश्चिमी वायुको कारण ४ प्रदेशको मौसम बदली

कस्तो होला आज देशभरको मौसम?
पश्चिमी वायुको कारण ४ प्रदेशको मौसम बदली

नेपालखबर
पुस २१, २०८१ आइतबार ७:७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (आइतबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले आइतबार बिहान ५ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad