समाज


उदयपुरमा सडक छेउमा बसिरहेका ३ जनालाई एम्बुलेन्सले ठक्कर दियो, २ को मृत्यु

उदयपुरमा सडक छेउमा बसिरहेका ३ जनालाई एम्बुलेन्सले ठक्कर दियो, २ को मृत्यु

नेपालखबर
चैत ८, २०७६ शनिबार २:३९,

उदयपुरको त्रियुगामा एम्बुलेन्सले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

त्रियुगा नगरपालिका ९ झिल्केटोलमा एम्बुलेन्सले ठक्कर दिँदा १४ वर्षीय रोशन दनुवारका र ६२ वर्षीय तिलक दनुवारको मृत्यु भएको हो।

प्रहरकिा अनुसार चुहाडेबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका रोशन र तिलकसहित तीन जानलाई शुक्रबार साँझ ठक्कर दिएको हो।

गम्भीर घाइते तिलकको उपचारका क्रममा राति नै मृत्यु भएको हो भने रोशनको शनिबार बिहान मृत्यु भएको हो।

उदयपुस्थित जिल्ला अस्पताल उदयपुरमा तिलकको तथा विराटनगरस्थित न्युरो अपस्पतालमा रोशनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार साँझ ६ बजे झिल्के चोकस्थित बाटो छेउमा बसिरहेका रोशन, तिलक र ३२ वर्षीय राजकुमार दनुवारलाई एम्बुलेन्सले ठक्क दिएको थियो।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको न्युरो अस्पताल बिराटनगरमा उपचार जारी छ। ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सन्तोष खत्री प्रहरी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .