समाज


कोरोना जाँचले दिल्लीमा रोकिएका २८ नेपाली आज नेपाल आउँदै

कोरोना जाँचले दिल्लीमा रोकिएका २८ नेपाली आज नेपाल आउँदै

नेपालखबर
चैत ८, २०७६ शनिबार २:५६,

कोरोना महामारी फैलिएपछि दुबईबाट घर फर्किने क्रममा विमान छुटेका कारण भारतको दिल्लीमै रोकिएका २८ नेपाली आज (शनिबार) नेपाल आइपुग्दै छन्।

कोरोना संक्रमण नियन्त्रणअन्तगर्त भारतले लामो प्रक्रियाको सुरक्षा तथा स्वास्थ्य जाँच गर्ने क्रममा नेपाल उड्ने एयर इन्डियाको विमान छुटेपछि शुक्रबार ती २८ नेपाली दिल्लीमै रोकिएका हुन्।

अब उनीहरूलाई आज शनिबार बिहान काठमाडौं ल्याउने व्यवस्था मिलाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले उनीहरूलाई शनिबार बिहानको नियमित उडानबाट स्वदेश फिर्ता गर्ने सहमति भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .