हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
यतिबेला (शनिबार बिहान) मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको छ।
बाँकी तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका पहाडी र हिमाली भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएको जनाएको छ। घाम नलागेर दिनभरिनै शीतलहर र हुस्सु/कुहिरोको कारण चिसो बढ्दा तराई मधेसको जनजीवन कष्टकर बनेको छ।
विभागले शुक्रबार शीतलहरसम्बन्धी विशेष बुलेटिन जारी गरी माघ ९ गतेदेखि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ।
कस्तो होला अबको ३ दिन देशभरको मौसम?



Shares

प्रतिक्रिया