राष्ट्रपति रामचन्द्र पौडेलले, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन्। 
त्यस अवसरमा उनीहरूले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे। नेपाल पचाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका थिए।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।






Shares

प्रतिक्रिया