समाज


सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

नेपालखबर
माघ २३, २०८१ बुधबार ११:५४, काठमाडौँ

सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको कार्यदलले आवश्यक गृहकार्य सुरु गरेको छ।

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित उक्त कार्यदलले कसरी खानेपानीको महसुल छुट गर्न सकिन्छ भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ।

खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही हप्ता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै उक्त कार्यदल गठन गरिएको थियो।

विद्यालयमा उपलब्ध हुने खानेपानी सेवाको दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त मोडेल तयार गर्न खानेपानी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएपछि कार्यदलले गृहकार्य थालेको टोलीका संयोजक एवं सहसचिव श्रेष्ठले जानकारी दिए। 

उनले भने, 'विद्यालयमा निःशुल्क रूपमा खानेपानी जडान, महसुल छुट तथा पानी वितरणको व्यवस्था मिलाउन मेरो संयोजकत्वमा कार्यदल गठन भएको थियो, कार्यदलले यस विषयमा आवश्यक गृहकार्य सुरु गरिसकेको छ।'

कार्यदलले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे जानकारी सङ्कलन गर्दै आवश्यक सुझाव लिइरहेको संयोजक श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad