समाज


कानुन व्यवसायी परिषद्‌मा बागमतीबाट एमाले-माओवादी गठबन्धनका खनाल विजयी

कानुन व्यवसायी परिषद्‌मा बागमतीबाट एमाले-माओवादी गठबन्धनका खनाल विजयी

नेपालखबर
माघ २६, २०८१ शनिबार २०:१८, काठमाडौँ

कानुन व्यवसायी परिषद्को पार्षद्‌मा बागमती प्रदेशबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन्।

उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई ५ सय ७८ मत अन्तरले पराजित गरेका हुन्। खनालले २ हजार ३५५ मत पाउँदा कोइरालाका पक्षमा १ हजार ७७७ मत परेको निर्वाचन समितिले जनाएको छ।

खनाल प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार थिए। खनाल एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनका हुन्। उनलाई माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठनको पनि साथ थियो। 

कोइरालाले कांग्रेसनिकट नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट उम्मेदवारी दिएका थिए। उनलाई नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीको संगठनले साथ दिएको थियो।

परिषद् कानुन व्यवसायीको व्यावसायिक आचारसंहिताको अनुगमन र नियमन गर्ने संस्था हो। यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्।

सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि सर्वोच्च अदालत परिसरमा मतदान भएको हो।

बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता थिए।

यसअघि बागमती प्रदेशको पार्षदमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए।

पार्षद्को पदावधि पाँच वर्षको हुन्छ।

अन्य प्रदेशमा को?
कोसी प्रदेशबाट राजु ढकाल, मधेसबाट सञ्जीवकुमार मल्लिक, गण्डकीबाट दयाराम गौतम, लुम्बिनीबाट ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीबाट मातृकाप्रसाद खनाल र सुदूरपश्चिमबाट टेकबहादुर कठायत विजयी भएका छन्। 

कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा डीएलए (कांग्रेस) नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यस निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका संगठनबीच गठबन्धन भएको थियो।

एमाले-माओवादी गठबन्धनका उम्मेदवारले बाग्मती र कर्णालीमा मात्र जितेका छन्। 

 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad