कला


सन्ध्या बनिन् 'मिसेस नोबेल' नेपाल २०२५

सन्ध्या बनिन् 'मिसेस नोबेल' नेपाल २०२५

नेपालखबर
माघ २६, २०८१ शनिबार २०:२८, काठमाडौँ

मिसेस नोबेल नेपाल २०२५ को ताज काठमाडौँ बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिएकी छन्। शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा ताजसँगै 'नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापान' को लागि 'इन्ट्री प्याकेज'समेत प्राप्त गरेकी छन्। 

प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिँदै उनले शीर्ष उपाधि हात पारिन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी, सेकेन्ड रनरअप रेखा भट्टराई भए।  

प्रतियोगीहरूलाई एक महिनासम्म प्रशिक्षणको जिम्मेवारी फेसन कोरियोग्राफर हिमानी सुब्बाले निभाइन्। प्रतियोगीहरूले व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याट्‌वाक, प्रस्तुतीकरण वौद्धिक क्षमता विकासलगायत विषयहरूमा प्रशिक्षण लिएका थिए। 

कार्यक्रम परिचय, पोशाक प्रर्दशनी, टप सेभेन, टप फाइ‌भ, प्रश्नोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो। मध्यान्तर‌मा कोरियोग्राफर सुब्बा आफैँ विशेष राउण्डमा स्टेजमा उत्रिएकी थिइन्।

कार्यक्रममा विविध 'सब-टाइटल अर्वाड'हरूसमेत वितरण गरिएको थियो। 
सन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना विक मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, सर्मिला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेसलकुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भए।  

कार्यक्रमको निर्णायकमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल-२०१९ एवं भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad