समाज


धादिङमा बस दुर्घटना, १५ जना घाइते

धादिङमा बस दुर्घटना, १५ जना घाइते

नेपालखबर
माघ २६, २०८१ शनिबार २०:४०, काठमाडौँ

काठमाडौँबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

शनिबार (आज) साँझ ७ः३० बजेतिरको समयमा धादिङको थाक्रे गाउँपालिका–०१, खेस्टेमा बजे बस दुर्घटनाहुँदा १५ जना घाइते भएका हुन्।

काठमाडौँबाट धादिङतर्फ गइरहेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उपचारका लागि गल्छीस्थित अम्बे भरोसा अस्पताल पठाइएको छ। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीलाई थप उपचार आवश्यक पर्ने देखिएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये हालसम्म तीनजनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ। 

जसमा धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३२ बर्षीया मनमाया मगर, धादिङको गजुरी गाउँपालिका–१ कस्ने ६० बर्षका खड्क कुमारी सुवेदी, र गल्छी गाउँपालिका–७ बस्ने २७ बर्षिया सपना खड्का रहेको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाटो अबरुद्ध नभएको र दुर्घटनाग्रस्त बस र बसचालक धादिङको नीलकण्ठ नगरपालिका–०७, पिपलछाप निवासी ३० वर्षीय तुल बहादुर थापालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बस आफैं अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad