काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई पक्राउ गरेको हो।
तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो। खोजतलासको क्रममा उनीहरूलाई आइतबार विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
उनीहरूलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रहरीले ५ दिन म्याद लिएर अनुसन्धान थालेको छ। दुवैजनालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।
Shares

प्रतिक्रिया