नेपाल प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पिपराको सीआईडी भन्दै हिँड्ने २२ वर्षका ऋषिराम घिमिरे र ३१ वर्षका जीवन थापालाई प्रहरी पक्राउ गरेको हो।
उनीहरूले राजपुरकी देवी थापाको घरमा गई इलाका प्रहरी कार्यालय पिपराको सीआईडी भन्दै कोठामा खानतलासी गरेर १७ हजार रुपैयाँ लुटेका थिए।
उनीहरूले घरमा लुटपाट गरेको उजुरीको आधारमा पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।
69
Shares

प्रतिक्रिया