समाज


३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा भएको दाबी

३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा भएको दाबी

नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:२२, काठमाडौँ

नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको टिप्पणी गरिएको छ।  विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्। 

उनीहरूले साढे तीन सय बढी सामुदायिक रेडियोहरू भए पनि उनीहरूले सरकारका विषयवस्तुहरू मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे। कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिब ३ सय सामुदायिक रेडियोहरूले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए। 

सामुदायिक रेडियोहरूले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उनको दाबी छ। उनले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरू बढी हुने गरेको स्पष्ट पारे। 

‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट। हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन्। तर ति सामुदायिक रेडियोहरूले बजाउँछन् कसको समाचार?- राससको। रासस कसको सरकारको। त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो?,' उनले भने, 'राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो। त्यो सरकारको मिडिया हो। हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन।’

उनले सञ्चारमाध्यमहरू अहिले पनि सामुदायमा आधारित बन्न नसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad