समाज


ब्लड क्यान्सर भएका बुवा बचाइदिन छोराको याचना

ब्लड क्यान्सर भएका बुवा बचाइदिन छोराको याचना

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १९:२३, जुम्ला

रक्त क्यान्सरबाट पीडित जुम्लाको गुठीचौर गाउँपालिका-५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ। छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गरेका हुन्। 

भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत छन्। 

छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ।

‘बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ। सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको आग्रह गरेका हौँ’,दीपेन्द्रले भने। 

सहयोग गर्न चाहनेहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ।

भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad