समाज


प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी : २५ वटा विद्यालयका ३९ प्रोजेक्ट सहभागी

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी : २५ वटा विद्यालयका ३९ प्रोजेक्ट सहभागी

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १९:५३, काठमाडौँ

श्री रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ आज फागुन ६ गते सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरुका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरेका छन्। 

सोही अवसरमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिन्। 

कार्यक्रममा प्रधान सेनापति सिग्देल तथा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलबाट संयुक्त रूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदमको विमोचन भयो।

बलाध्यक्ष रथी प्रदीपजंग केसीले मिति फागुन ४ गते उद्‍घाटन गरेका उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल २५ वटा विद्यालयका ३९ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो।

रिपुमर्दिनी सैनिक महाविद्यालयले विसं २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो पाँचौँ संस्करण हो। प्रदर्शनीको विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणले अवलोकन गरेका थिए।

समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, अधिकृत, शिक्षकवर्ग तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने नेपाली सेनाले विश्वास लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad