बलिउड गायक उदित नारायण पछिल्ला केही दिनदेखि चर्चामा छन्।
कारण हालै एक लाइभ कन्सर्टमा उनले फ्यान युवतीलाई ओँठमै गरेको चुम्बन।
यसको भिडिओ सार्वजनिक भएपछि उनको व्यापक आलोचना भयो।
यसैबीच उदित नारायणको एउटा नयाँ भिडिओ सार्वजनिक भएको छ, जसमा उनलाई फोटोग्राफरहरूले चुम्बनका विषयमा जिस्क्याएका छन्।
हालै उदित नारायण ‘द रोसन्स’ वृत्तचित्र शृंखलाको सफलता पार्टीमा पुगेका थिए। जहाँ उनी पोज दिँदै आफ्नो फोटो खिचाउँछन्।
त्यसै क्रममा फोटोग्राफरहरूले ठट्टा गर्दै भन्छन्, ‘सर! एक चुम्बन, हुन्छ?’
यो सुनेर उदित नारायण हाँस्छन् र त्यहाँबाट निस्कन्छन्।
Paps got no chill says "Ek Kiss Hojaye" to Udit Narayan !!
byu/IndianByBrain inBollyBlindsNGossip
594
Shares

प्रतिक्रिया