समाज


तरकारी बजारका मजदुर हत्याका आरोपी चारैजना मकवानपुरकै

तरकारी बजारका मजदुर हत्याका आरोपी चारैजना मकवानपुरकै

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २२:७, काठमाडौँ

बल्खुमा मजदुरको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

बुधबार बिहान साढे १० बजेतिर बल्खुस्थित फलफुल तथा तरकारी बजार भित्र ज्याला मजदुरीको काम गर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ घर भई तरकारी बजार नजिकै बस्ने ४१ वर्षीय रामकृष्ण दाहाल मृत फेला परेका थिए।

उनको हत्यामा संलग्न रहेको आशंकामा प्हरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालााई अदालतबााट ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ। 

उनीहरुलाई कालीमाटी प्रहरी वृत्तको हिरासातमा राखिएको छ।

पक्राउ पर्नेमा मकवानपुरका ४३ वर्षीय नारायण प्रसाद ढकाल, ३२ वर्षका समिर घलान, ४१ वर्षका बिमल रुम्बा र मकवानपुरकै भिमफेदीका ५२ वर्षीय अर्जुन स्याङ्तान रहेका छन्।

तरकारी बजारमा रहेको टहराको माथिल्लो तलाको कोठाको बिस्तरामा मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा रगत समेत फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad