समाज


ओडिसाको उच्चस्तरीय समितिले थाल्यो प्रकृति मृत्यु प्रकरणको अनुसन्धान

ओडिसाको उच्चस्तरीय समितिले थाल्यो प्रकृति मृत्यु प्रकरणको अनुसन्धान

प्रकृति लम्साल र उनी पढ्ने किट कलेजको फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार २१:१५, काठमाडौँ

ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी- किट) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ।

शुक्रबार साँझ किटका संस्थापक अच्युत सामन्त विश्वविद्यालयका वरिष्ठ अधिकारीहरूसँगै समितिसमक्ष उपस्थित भएका छन्। बयानका लागि उनी तोकिएको समय साँझ ६:३० बजेभन्दा अघि नै स्टेट गेस्ट हाउस पुगेको भारतीय पत्रिका आजतकले लेखेको छ। 

प्रकृतिको मृत्यु घटना अनुसन्धान गर्न ओडिसा राज्य सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहुको नेतृत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। 

उच्चस्तरीय समितिको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने नेपालस्थित भारतीय दूतावासले यसअघि नै बताइसकेको छ।

यही फागुन ४ (फेब्रुअरी १६) दिउँसो रुपन्देहीकी २० वर्षीया विद्यार्थी प्रकृति लम्साल किट कलेजकै होस्टलमा मृत भेटिएकी थिइन्। उनको शव आत्महत्या गरेको अवस्थामा भेटिएको थियो।

उनलाई त्यो अवस्थामा पुर्‍याएको आरोपमा एक भारतीय विद्यार्थीका साथै कलेजका अधिकारी तथा कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad