समाज


धनुषामा ३ सय ६९ सवारीसाधन नियन्त्रणमा, ८ जना पक्राउ

धनुषामा ३ सय ६९ सवारीसाधन नियन्त्रणमा, ८ जना पक्राउ

शैलेन्द्र महतो
चैत ११, २०७६ मंगलबार १३:५९,

धनुषामा ‘लकडाउन’ को अवज्ञा गर्ने ३ सय ६९ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरसहित धनुषाको विभिन्न स्थानबाट बस, ट्रक, पिकअप र मोटरसाइकलसहित ३ सय ६९ सवारीसधान नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनका अनुसार लकडाउन अवज्ञा गर्ने ८ जना मासिन समेत जनकपुर लगायत धनुषा जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका छन्। उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर साँझमा सम्झाइ बुझाई छाडिएको उनले बताए। तर नियन्त्रणमा लिइएको सवारीसाधन ‘लकडाउन’ समाप्त भएपश्चत मात्र छोडिने उनको भनाइ छ।

‘पक्राउ परेका मानिसहरुलाई सम्झाई बुझाई छाडिएको छ। सवारीसाधनलाई निषाधाज्ञा समाप्त पश्चात मात्र छाड्छौं। अहिले छोड्यो भने भोलिदेखि फेरि सडकमा कुदाइहाल्छन्। अरुको पनि मनोबल बढ्छ’, उपरीक्षक बस्नेतले भने ‘भोलिदेखि अवज्ञा गर्ने सवारी साधन र मानिस सहित पक्राउ गर्छौं। लकडाउन हाम्रै स्वास्थ्यको लागि गरिएको छ। तर अति आवश्यक काम बाहेक पनि मान्छे घरबाहिर निस्कन्छन्। सवारी कुदाउँछन्। भोलिदेखि यस्ताहरुमाथि झनै कडाइ गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad