समाज


पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:३५, काठमाडौँ

काठमाडौँ प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ।  पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। 

'विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो' उनले भने। 

पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ। आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।  

आज महाशिवरात्री पर्व। पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad