एकता पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्म ‘हर्ष’ को शुभमूहुर्त गरिएको छ। शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको हो।
यस फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्। साथै फिल्ममा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय छ।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी उनले केही सर्ट फिल्महरु बनाइसकेकी छिन्।
पारिवारिक सामाजिक कथामा बन्ने फिल्मको छायांकन फागुन १७ गते सुरू हुनेछ। फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ। यस्तै संपादकमा लोकेश बज्राचार्य छन् भने सुनिल क्षेत्रीले कोरियोग्राफी गर्नेछन्।
कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको सिनेमा ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ। प्रशन्न पौडेल र विकास पौडेल (चितवन) सिनेमाका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्। यो फिल्म २०८२ सालमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया