समाज


बूढीगण्डकी बगरमा पतेरा टिप्नेको भीड, किलोको तीन हजार

बूढीगण्डकी बगरमा पतेरा टिप्नेको भीड, किलोको तीन हजार

पतेरा टिप्नेको भीड


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १८:४७, गोरखा

जिल्लाको उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि बूढीगण्डकी नदीको बगरमा यो टिप्नेको भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्। 
    
'सिर्दिबास र फिलिम जोड्ने पुलमूनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरू एकाएक टिप्न गए,' उनले भनिन्, 'बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ। बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजारमा कारोबार भयो।'

उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको स्थानीय बताउँछन्। 
    
उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरू टिप्न गएको बताउँछन्।  

'यसरी मान्छेहरू गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन', उनले भने। टिप्न जानेहरूले तरकारी हुन्छ रे भनेर सुनाएको उनको भनाइ छ। 

यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको उनको भनाइ छ। यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।

'पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad