आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने भएको छ। पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले इजलास नबस्ने निर्णय गरेको हो।
'सर्वोच्चमा पहिलेदेखि नै श्रीमान्हरूको निधन हुँदा एक दिन इजलास बस्ने चलन छ,' सूचना अधिकारी निराजन पाण्डेले भने।
श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ८४ वर्षको उमेरमा मृत्यु भएको थियो।
उनले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन्। जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्।
उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। करिब ४ दशक न्याय सेवामा बिताइन्। २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन्।
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
528
Shares

प्रतिक्रिया