समाज


मेलम्ची खानेपानीको पाइप फुट्दा थापाथलीमा सडक अवरुद्ध (तस्बिर/भिडिओ)

मेलम्ची खानेपानीको पाइप फुट्दा थापाथलीमा सडक अवरुद्ध (तस्बिर/भिडिओ)

मेलम्चीको पाइप फुट्दा आएको बाढीले थापाथलीको सडकमा बनेको खाडल


नेपालखबर
फागुन २०, २०८१ मंगलबार ७:४०, काठमाडौँ

काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ। पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको छ।  

बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको छ। 

मंगलबार बिहान पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालफर्त ठूलो बाढी बगेको थियो। अहिले भने त्यहाँ पानी बग्न रोकिएको छ। सडकमा ठूलो खाडल बनेको कारण त्याे सडक हुँदै यातायातका साधन भने सञ्चालन हुन सकेका छैनन्। 

त्यहाँ अहिले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन भएका छन्। 

थापाथलीमा के कारणले पाइप फुटेको खुलेको छैन। पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

‘पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो, त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ,’ उनले भने। 

गएको असोज ३० गते काठमाडौँको बबरमहलमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो। 

थापाथलीमा मेलम्चीको पाइप फुट्दा अवरुद्ध भएको सडक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad