समाज


सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’को टोली काठमाडौँमा

सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’को टोली काठमाडौँमा

चिनियाँ फोटोग्राफरको टोलीलाई सोमबार साँझ एक कार्यक्रम गरी स्वागत गरिएको थियो


नेपालखबर
फागुन २७, २०८१ मंगलबार ९:५७, काठमाडौँ

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ।

नेपाल-चाइना फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो।

टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।

स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा  कार्यक्रम गरिएको हो।

कार्यक्रम नेपालको पर्यटन प्रवर्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा. कल्याणराज शर्माले बताए।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन्।

उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन्।

नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता कार्यक्रमले विशेष योगदान पुर्‍याउने विश्वास लिइएको आयोजक संस्थाले जनाएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad