समाज


६ वटा क्याम्पसलाई त्रिविले सोध्यो चैत ५ गते स्ववियु चुनाव हुन नसक्ने कारण

६ वटा क्याम्पसलाई त्रिविले सोध्यो चैत ५ गते स्ववियु चुनाव हुन नसक्ने कारण

नेपालखबर
चैत ४, २०८१ सोमबार १६:५६, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले विभिन्न ६ वटा क्याम्पसलाई भोलि (चैत ५ गते) स्ववियु चुनाव हुन नसक्ने कारण सोधेको छ।

त्रिवि शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालय क्याम्पस, कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस, सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस, धोविचौर, शंकरदेव क्याम्पस, पुतलीसडक,

नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग र विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गलाई स्ववियु निर्वाचन प्रकृया अगाडि बढाउन निर्देशनसहित पत्र पठाएको हो।

‘त्रिभुवन विश्वविद्यालयका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत्र ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले स्ववियु निर्वाचन हुन नसकेको हो? त्यस क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी जुन अवस्था र प्रकृयामा रोकिएको हो सोही अवस्था र प्रकृयाबाट स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन गरिन्छ’ त्रिभुवन विश्वविद्यालय स्व।वि।यु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले पठाएको पत्रमा उल्लेख छ।

त्रिविका आंगिक ६२ सहित सामुदायिक र निजी एक हजार ४० क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुने तय भएको थियो। देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा स्ववियु निर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad