बलिउड अभिनेता आमिर खान यतिबेला प्रेम सम्बन्धका कारण चर्चामा छन्।
आमिरले ६०औँ जन्मदिनकाे पूर्वसन्ध्यामा मार्च १३ तारिख आयोजित प्रि-बर्थडे पार्टीमा आफ्नी प्रेमिका गौरी स्प्राट सञ्चारमाध्यमसामु सार्वजनिक गरेका हुन्।
त्यसयता आमिर र गौरी चर्चामा छन्।
यस क्रममा गौरीले आमिरलाई किन रोजिन् भन्ने विषयमा बताएकी छन्।
आमिर खानको जन्मदिनको पूर्वसन्ध्यामा गौरी स्प्राटले मिडियालाई भनिन्, 'म यस्तो व्यक्ति चाहन्थेँ- जो दयालु, बुद्धिमान र मेरो ख्याल गर्ने खालको होस्।'
आमिरले ठट्टा गर्दै जवाफ दिए, 'अनि यो सबै कुरा तिमीले ममा पायौ?'
आमिरले गौरीलाई २५ वर्षदेखि चिन्छन्, तर उनीहरू एकअर्काको सम्पर्कमा थिएनन्।
पछिल्लोपटक दुई वर्षअघि मात्र उनीहरूबीच पुन: भेट भयो र प्रेममा परे।
आमिरले भने, 'म यस्तो व्यक्तिको खोजीमा थिएँ जससँग म शान्त हुन सकूँ, जसले मलाई शान्ति देओस्। उनी गौरी थिइन्।
गौरी, जसको सम्बन्ध फिल्म क्षेत्रसँग छैन। उनले आमिरका धेरैजसो फिल्म हेरेकी पनि छैनन्।
आमिरले भने, 'उनी बैंगलोरमा हुर्केबढेकी हुन् र उनको लगाव फरक-फरक किसिमका फिल्म र कलाप्रति छ। यसैले उनी हिन्दी फिल्म हेर्थिनन्। सायद उनले मेरो धेरै काम देखेकी पनि छैनन्।
अनि गौरीले वर्षौं पहिले 'दिल चाहता है' र 'लगान' फिल्म हेरेको बताइन्।
आमिरले भने, 'उनी मलाई सुपरस्टारका रूपमा होइन, एक पार्टनरका रूपमा हेर्छिन्।'
Shares

प्रतिक्रिया