राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएका ८ नमूनाहरुको नतिजा पनि नेगेटिभ आएको छ। यसको अर्थ नमूना लिइएका ती व्यक्तिमा कोरोना (कोभिड–१९) छैन।
प्रयोगशालाका नमूना परिक्षण टिमका प्रमुख कन्सल्टेन्ट माइक्रोबाइजोलिस्ट डा. रन्जित साहका अनुसार पछिल्लोपटक विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएका नमूनाको नतिजा पनि नेपालमा जस्तै आएको हो।
परिक्षणमा प्रश्न उठिरहेका बेला केन्द्रीय प्रयोगशालाले बेला बेला पुनः परिक्षणको लागि नमूनाहरु हङकङ पठाउने गरेको साहले बताए। यसपटक पठाइएका नमूनाको नतिजा पनि नेपालमा झै हङकङमा समेत एउटै आएको उनले बताए।
हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका छन। त्यसबाहेक ७५५ जनामा नेगेटिभ (भाइरस नभएको) देखिएको छ। ३ जना संक्रमितमध्ये १ जना निको भइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको छ।
यो पनि: टेकुमा उपचाररत कोरोना संक्रमित युवती र युवकको कस्तो छ पछिल्लाे अवस्था?

प्रतिक्रिया