समाज


हरेक महिना यूएईमा २६ जना नेपालीले गुमाउँछन् ज्यान

हरेक महिना यूएईमा २६ जना नेपालीले गुमाउँछन् ज्यान

एआई सहयोगमा तयार पारिएको तस्बिर


नेपालखबर
चैत ७, २०८१ बिहिबार १४:३२, काठमाडौँ

आठ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा २०९ नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले गत साउनदेखि फागुनसम्ममा २०९ जना नेपालीको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको हो। 

गत वर्ष यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। यो भनेको मासिक औसत १९.२५ हो।

गत आर्थिक वर्ष २०८०/८१ का १२ महिनामा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाउँदा यस वर्ष ८ महिनामै २०९ जना पुगेको छ।

यस तथ्यांकको आधारमा औसतमा प्रत्येक महिना २६ जना नेपालीले यूएईमा ज्यान गुमाइरहेको देखिन्छ।

सडक दुर्घटना, हृदयघात, अन्य बिरामी, कार्यस्थलमा हुने दुर्घटनाका कारण नेपालीले ज्यान गुमाइरहेको दूतावासले बताएको छ।   

कुन महिनामा कतिको मृत्यु?
साउन- ३० 
भदौ- ३२
असोज- ३३
कात्तिक- ३५
मंसिर- २४
पुस- १३
माघ- २५
फागुन- १७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad