स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका छन्।
आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन्।
अहिले पनि नेपालमा लोडसेडिङ हुन्छ कि हुँदैन भनेर विवाद गर्नु सही नभएको उनको भनाइ छ।
अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको बताए।
उनले यसका लागि करिब २० वटा सुझाव आफूहरूले पनि सरकारलाई दिएको बताए।
‘हामी २८ हजार ५ सयको कुरामा अघि बढिरहेका छौँ। त्यो पूरा गर्न भनेर हामीले २० वटा जति कुरा लेखेर मन्त्रालयमा दिएका छौँ,' उनले भने, 'शक्तिशाली ऊर्जा मन्त्रालय हुनुपर्यो। एकद्वार प्रणाली हुनुपर्छ। वनमा छिर्नै नपाउने नीति छ, ५/७ वर्ष त त्यसमै लाग्छ। कतिको सम्भव छ, सबैकुरा सहज हिसाबले वनाउनु दिनुपर्छ।’
अध्यक्ष कार्कीले नेपाललाई समृद्ध वनाउने पाटो जलविद्युत नै रहेको बताए। उनले ऊर्जाको उत्पादनलाई बढाउनसके डिजेल र पेट्रोलको आयात घटाउन सकिने दाबी गरे।
Shares

प्रतिक्रिया