समाज


कोरोना संक्रमित चौथो व्यक्ति भेटिए, धनगढीमा उपचार हुँदै

कोरोना संक्रमित चौथो व्यक्ति भेटिए, धनगढीमा उपचार हुँदै

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १३:१७,

कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएका छन ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ।

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको यो पहिलो केश हो। ती व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनी दुबईबाट आएका हुन्।

उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन्।

देवकोटाले उपत्यकाबाहिर समेत संक्रमित भेटिएपछि लकडाउन, हाेम क्वारेन्टाइन र सेल्फ आइसाेलेसन लगायतका नियम थप कडाइका साथ पालना गर्न अनिवार्य भएकाे बताए।

यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि निको भएर घर फर्किसकेका छन्।

केही दिनअघि फ्रान्सबाट कतार हुँदै आएकी एक युवती र यूएइबाट आएका अर्का एक युवामा पनि कोरोना संक्रमण भएको पाइएको छ। उनीहरू दुबै जनाको उपचार भइरहेको छ।

No photo description available.

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad