समाज


प्रदेश २ मा लकडाउन अवज्ञा गर्ने १० पक्राउ, २ सय बढी सवारीसाधन नियन्त्रणमा

प्रदेश २ मा लकडाउन अवज्ञा गर्ने १० पक्राउ, २ सय बढी सवारीसाधन नियन्त्रणमा

शैलेन्द्र महतो
चैत १४, २०७६ शुक्रबार १३:२४,

प्रदेश २ मा चौथो दिन शुक्रबार लकडाउनको अवज्ञा गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, लकडाउनमा चलाइएका साइकलसहित २ सय ११ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

आठवटै जिल्लाबाट १० जना लकडाउन उल्लंघन गर्ने मानिसलाई पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनका अनुसार आठवटै जिल्लाबाट १९२ मोटरसाइकल, ११ वटा साइकल, ट्याक्टर ३, सानो सवारी ३, टेम्पो र ट्रक एक–एक गरी २ सय ११ सवारीसाधन नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका मानिसहरुलाई सम्झाइ बुझाई छाडिएको र सवारीसाधन लकडाउन पश्चात कारबाही गरेर मात्रै छोड्ने प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad