समाज


कोरोनाबाट इटलीमा ४५ डाक्टरको मृत्यु

कोरोनाबाट इटलीमा ४५ डाक्टरको मृत्यु

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १३:३७,

इटलीमा कोरोना संक्रमितको उपचारमा खटिएका ४५ चिकित्सकको मृत्यु भएको चिकित्सक संघले शुक्रबार जनाएको छ।

हालसम्म इटलीमा ६ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेको इटालियन नेसनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ।

इटलीमा स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सुरक्षा सामग्री अभाव रहेको भन्दै डाक्टरहरुले आवाज उठाइरहेका छन्।

चिकित्सक संघका अध्यक्ष फिलिप्पो एनेलीले बिहीबार तत्काल पर्याप्त सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad