समाज


मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालखबर
चैत १३, २०८१ बुधबार २१:७, मुस्ताङ

हिमाली जिल्ला मुस्ताङ  अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्योट भएको छ। गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्योट भएको हो।

मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्योट भएको हो। यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्योट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए।

उहाँका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ। मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्योट भएका छन्। गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

यसैगरी गतवर्ष दर्ता भएका आठ थान फौजदारी मुद्दामध्ये चार थान मुद्दा चालुवर्ष फर्छ्योट भएको र बाँकी चार थान मुद्दा फर्छ्योट हुन नसकी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ। मुस्ताङ जिल्ला अदालतमा चालु आवमा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका छन्। जसमध्ये १३ थान देवानी मुद्दा फर्छ्योट भएको छ। दुई थान मुद्दा फर्छ्योट हुन बाँकी छ।

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढीसम्बन्ध विच्छेदका १३ थान मुद्दा रहेकामा शतप्रतिशत मिलापत्रमार्फत फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए। मुस्ताङ अदालतबाट कूल १५ थान देवानी मुद्दामध्ये  नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फर्छ्योट हुन बाँकी छ।

अदालतका श्रेस्तेदार घिमिरेका अनुसार देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको छ। चालु आवमा आठ थान फौजदारी मुद्दामध्ये तीन थान फौजदारी मुद्दा अदालतबाट फर्छ्योट भइसकेको श्रेस्तेदार घिमिरेले उल्लेख गरे।

चालु आवको हालसम्म सवार ज्यान मुद्दा दुई थान र चोरी कसूर एक थान गरी तीन थान मुद्दा फर्छ्योट भएको श्रेस्तेदार घिमिरेले बताए। उहाँका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरूत्साहन एक, सवारी ज्यान दुई ,चोरी एक र जबर्जस्ती करणी एक गरी पाँच थान मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ। फौजदारीतर्फ एक जना पूर्पक्ष थुनुवा, एक जना धरौटी बुझाउन नसकी थुनुवा र दुई जना तारिखमा रिहा भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad