समाज


प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १८:१३, काठमाडौँ

काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालका निर्देशक डा सुवास आचार्यका अनुसार उनको घाँटीमा गोली लागेको थियो। मृत्यु भएको अवस्थामा उनी त्यहाँ पुर्‍याइएका थिए।

गृहमन्त्रालयका अनुसार शुक्रबार भएको प्रदर्शनका क्रममा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी गरी ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad