समाज


आजदेखि देशैभरिका शिक्षक अनिश्चितकालीन सडक आन्दोलनमा

आजदेखि देशैभरिका शिक्षक अनिश्चितकालीन सडक आन्दोलनमा

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८१ बुधबार ९:५९, काठमाडौँ

नेपाल शिक्षक महासंघले आज (बुधबार) देखि अनिश्चितकालीन सडक आन्दोलन सुरु गर्दैछ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आजदेखि आन्दोलन सुरु हुने जानकारी गराएको हो।

सरकारसँग पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भन्दै शिक्षकहरू आवबाट काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिन लागेका हुन्। 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम सकेर शिक्षकहरु आजदेखि राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुँदैछन्।

आन्दोलनको पहिलो दिन आज माइतीघरमा दिउँसो १ बजे भेला भएर नयाँ बानेश्वर सम्म विरोध प्रदर्शन कार्यक्रम गर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

बिहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम हुनेछ। शिक्षकलाई महासंघ विद्यालय पोशाक र परिचयपत्रसहित सहभागी हुन भनेको छ। 

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघले जनाएको छन्। 

‘महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो,’ सुवेदीले भने, ‘यो उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ, यो आन्दोलन शिक्षक कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको छैन, यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको छ।’ 

शिक्षकहरूले एसईईको कापीसमेत जाँच नगर्ने घोषणा गरिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad