समाज


बारामा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

बारामा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:३८, काठमाडौँ

बारामा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। 

जीतपुरसिमरा उपमहानगरपालिका-२ मा बा.प्र-०६-००१ ज ०१८६ नम्बरको माइक्रोले ठक्कर दिँदा पैदलयात्री भारतको उत्तर प्रदेश गोरखपुर घर भएका ५० वर्षीय जंग बहादुर यादवको मृत्यु भएको हो। 

सिमरामा बस्दै आएका यादवलाई सोमबार राति गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सरकारी अस्पताल सिमरामा सामान्य उपचार गरि थप उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad